पर्सा ०५ साउन ।। पर्सामा स्रोत नखुलेको ठूलो परिणामको रकमसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहारस्थित पूर्वी चम्पारण थाना रक्सौल वडा नम्बर ११ बस्ने राकेश कुमार छन् ।

बुधबार भारतीय नम्बरको बीआर ०५ एन ०२३८ को हिरो होण्डा ग्ल्यामर मोटरसाइकलको सिटमुनि र तेल ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा ४१ लाख ५५ हजार नगदसहित उनलाई पक्राउ पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

उनलाई पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट पक्राउ गरेको हो ।

स्रोत नखुलेको उक्त परिणामको नगदसहित पक्राउ परेका भारतीय नागरिक राकेशलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान अघि बढाएको डीएसपी कार्कीले बताए ।

गएको आर्थिक वर्ष पर्सामा एक करोड ६५ लाख १३ लाख ६२० रुपैयाँसहित २२ हुण्डी कारोबारी पक्राउ परेको पर्सा प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here