रौतहट, २९ भदौ ।। नविकरण तथा क्रियाशील पत्रकारहरुको सदस्यता नगरेको बिरुद्धमा क्रियाशील पत्रकार संघर्ष समितिले कडा आन्दोलनको ज्ञापनपत्र मार्फत घोसना गरेका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यसमितिको पदाधिकारीहरुले महासंघको विधान विपरित नविकरण तथा क्रियाशील पत्रकारहरुको सदस्यता नगरेको बिरुद्धमा आज संघर्ष समितिले रौतहटको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाइ ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली पत्रकारिताको प्रबर्द्धन तथा श्रमजीवी पत्रकारको अधिकार सुनिश्चित गर्न सक्रिय भुमिका निर्वाह गर्नु पर्ने र संगठनलाई मजबुत बनाउने जिम्मेवारी पाएका नेपाल पत्रकार महासंघले आफू अनकुलको सदस्यता तथा नविकरणमा मनोपोली गरेको कार्य कति उपयुक्त रहेको हो ? भन्ने ज्ञापनपत्रमा उल्लेख रहेको छ ।

लोकतान्त्रिक ब्यवस्था अनुसार संघीय संरचनालाई अस्वीकार गर्दै रौतहट शाखाले गरेको सिपारिस आफ्नो जातीय , नातेदार ,छोराछोरीलाई मात्र गरेको रौतहटका कृयाशिल पत्रकारहरु तथा सघर्श समितिका संयोजक तथा पुर्व नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र साहले मिश्रलाई ज्ञापनपत्र बुझाएका छन् । सदस्यता तथा नविकरण कार्यान्वयन नगरिएकोमा रौतहटका कृयाशिल पत्रकारद्वारा चरणबद्द बिरोधमा आन्दोलन गर्ने सघर्श समितिका संयोजक तथा पुर्व नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र साहले चेतावनीसमेत दिएका छन् ।

May be an image of text

नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारणसभा र लुम्बिनी भेलाबाट पारित १५ बन्दे मापदण्ड अनुसार नेपाल पत्रकार महासंघको बिधान संशोधन संगै निर्णय पालना हुनु पर्छ भन्ने रौतहटका कृयाशिल पत्रकारहरुले ठहर गरेको छ । लोकतान्त्रिक संरचनालाई चुनौती दिदै सम्बन्धित निकायको अस्तित्वलाई स्वीकार न गर्नुले रौतहट शाखाले मनोपोली र एकलौटी निर्णयबाट नंया सदस्यता तथा नविकरणबाट रौतहटका कृयाशिल पत्रकारहरुलाई बन्चित गरेको हुदा रौतहटका कृयाशिल पत्रकारहरुले बाध्य भैइ चरणबद्द २९ गते ज्ञापनपत्र बुझाउने , १ गते पुनः तालाबन्दी गर्ने, २ गते रिले अनशन बस्ने ,३ गते कालोपट्टी बधेर प्रदर्शन गर्ने , ४ गते रौतहट शाखा पदाधिकारीको फोटो सहित पुतला दहन गर्ने ,५ गते सदरमुकाम गौर भरी प्रदर्शन गर्ने ,६ रौतहट शाखाको पदाधिकारीद्वारा भएको रकमी चलखेलको भण्डाफोर गर्ने र आन्दोलनमा कुनै किसिमको घटना घटियो भन्ने नेपाल पत्रकार महासंघले जिम्मेवारी हुने सघर्श समितिका संयोजक तथा पुर्व नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र साह चेतावनी समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here