काठमाडौं २२ साउन ।। नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई जोगाउन चाहेको बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोग प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद गजुरेलले महाभियोगजस्तो गम्भीर र संवेदनशिल विषयमा समयको कारण देखाएर प्रधानन्यायाधीशलाई जोगाउन खोजेको आरोप लगाएका हुन् ।

गजुरेलले भने, ‘संसदभित्र रहेका राजनीतिक दलहरु प्रष्ट रुपमा बोल्नु भएको छैन । जिब्रो चपाएर बोल्नुभयो । महाभियोग ल्याउनु उपयुक्त थियो कि थिएन मुख्य कुरा त्यो हो । संसद्मा समयको कुरा देखाएर महाभियोगविरुद्ध गई प्रधानन्यायाधीशलाई जोगाउन खोजेका छन् ।

यो बेला सत्ता पक्ष र प्रतिपक्षीसँगै आउनुपर्ने बेला प्रतिपक्ष जीब्रो चपाएर कुरा गरिरहेको बताए ।

उनले भने, ‘जनताका प्रतिनिधि हौं भने सत्यको पक्षमा उभिनुपर्छ कि पर्दैन ? प्रकृया मिल्यो, मिलेन, समय मिल्यो, मिलेन भन्ने कुरा मुख्य हो कि, गलत भएको हो कि होइन ? महाभियोग ल्याउन उपयुक्त थियो कि थिएन ? भन्ने कुरामा हामीहरुको ध्यान जानुपर्‍यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here