काठमाडौं ०५ साउन ।। प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) बारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपीपी कार्यान्वयनबारे के भइरहेको छ ? यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

‘माननीय सदस्यहरुले उठाउनु भएको एसपीपी सम्झौताको बारेमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनु हुन नेपाल सरकारलाई निर्देशन गर्दछु,’उनले भने ।

सांसदहरुले एसपीपी सम्झौता फिर्ता गरेको पत्र अमेरिकालाई अहिलेसम्म नपठाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here