काठमाडौं ०५ साउन ।। पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ६९ जनाको नमुना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको छ ।

१६ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १७ जना र १९ सय २ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय १८ जनामा कोरोना देखिएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या २५ सय ३७ पुगेको हो । पछिल्लो २४ घण्टामा मृतक संक्रमितको संख्या शून्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here