रौतहट १८ फागुन ।। जिल्लाको यातायात सेवा कार्यालय गौरमा सवारी चालक अनुमतिपत्र सेवा विस्तार संचालन उद्धाटन कार्यकर्ममा मन्तब्यको क्रममा ने क पा क केन्द्रिय सदस्य अजय गुप्तले जिल्लाको धरोहरको रुपमा रहेको राइस मिल अतिग्रहण गरिदिन मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव लाई अनुरोध गरेका थिए ।
मुख्यमन्त्री सरोज कुमार यादव कार्यक्रममा आफ्नो मन्तब्य राख्दै भने राइस मिल रौतहट जिल्ला बसीको छ र मेरो कार्यकालमा जिल्ला बासीले पाउने छ भने प्र्तिब्धता ब्यक्त गरेका छन् । साथै जिल्लाका विभिन्न समस्या जस्तै शिक्षा , स्वास्थ्य , कृषि , बेरोजगारी समस्या लाई केन्द्र बिन्दु बनाई कम गर्ने समेत वहा वाचा गरेका छन् ।
बिगतका दिन देखि रौतहट बासीले सवारी चालक अनुमतिपत्र लिन भोगिरहेका समस्या समाधान हुने सहित सवारी दुर्घटना हुन् बाट जोगिन मदत पुग्ने र मदेश प्रदेश सरकारको राजस्व संकलन बढने बताएका छन् ।