काठमाण्डौ, ०१ फागुन ।। एसीसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । मलेसियाको वाईएसडी ओभलमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ । नेपालले यस अघि लगातार दुई खेल जितेको थियो । नेपालले हङकङ र भुटानलाई समान ८–८ विकेटले हराएको थियो ।

माल्दिभ्स यस अघिका दुवै खेल हारेर प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल ४ अङ्कसहित समूह डी को शिर्षस्थानमा छ । आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । त्यस्तै फाइनलमा पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here