रौतहट/सर्लाही, ०२ फागुन ।। सर्लाही नगरपालिका वार्ड न.१ र रौतहट नगरपालिका वार्ड न.६ मा रहेको सेढवामा श्री श्री १००८ श्री बिष्णु महायज्ञ आजबाट शुरु भएको छ। सेढवा,छ्न्की र मोहनपुर द्वारा आयोजित महायज्ञको भब्य कलश शोभा यात्रा बुधबार निकालिएका छन् । कलश शोभा यात्रामा ५ सय ५१ कन्या कुमारीलाई सहभागी गराइएका थियोे ।

सेढवा निवासी राम अयोध्या सिंहले २ वर्ष पहिला देखि नै गराम वासी यस्तो ठुलो यज्ञ गर्न भन्दा भन्दै अहिले उहाँको सपना सकार भएको र यज्ञ सम्पुर्ण जिम्मेवारी उहालाई नै दिएको छ् । यति मात्र होईन भइ रहेकोे यज्ञ पुजा पनि उहाँ लाई नै बसाएको पुजा समितिका कोशा अध्यक्ष हरि किशोर सिंहले बताएको हो । यो यज्ञ आज देखि शुरु भएको र नौ दिन सम्म रहने छन् ।

आजको कलश शोभा यात्रालाई सेढवा,मोहनपुर, हथिऔल, जमुनिया टोल र छन्की टोल गरि करिब ८ किलोमीटर घुमाइ बागमतीमा कलश भरी यज्ञ स्थलमा सम्पुर्ण विधिवत रूपमा पुजा अर्चना गरि कलश शोभा यात्रालाई सम्पन्न गरिएका छन् ।

महायज्ञमा नेपाल सहित छिमेकि भारतको बिहारबाट समेत हजारौ भक्तजनहरु आउने तथा महायज्ञ अवधि भरिमा महायज्ञ स्थलका साथै सो आसपासका गाउँहरुमा मदिरा तथा मदिरा जन्य नशालु पदार्थ र माछा मासुमा समेत रोक लगाएका छन।

यस्तै महायज्ञ अवधिभरि व्यापक मात्रामा सुरक्षा व्यवस्था समेत कडा पारिएको मेला समितिले जनाएको छ । महायज्ञलाई सफल पार्नका लागि सिताराम नाम जाप , झुला , मौतका कुवा ,रासलिला ,रामायण पाठ कथा ,पुरान ,सास्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु समेत रहेने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here