रौतहट/सर्लाही ०४ फागुन ।। हनुमत कु. यादव ।। पहाडी शासक वर्गले सदियो देखी दमन र विभेद गर्दै आएका छन् । कुनै पनि कार्यमा हामी लाई हेपी विभेदपुर्ण व्यवहार गर्दै आएको मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बताएका छन ।

सेढवा,छ्न्की र मोहनपुर द्वारा आयोजित रौतहटको राजदेवी नगरपालिका वार्ड न.६ सेढवा र सर्लाही जिल्लाको बलरा नगरपालिका वार्ड न.१ को सिमानामा भईरहेको श्री श्री १००८ श्री बिष्णु महायज्ञ बिहिबार उद्धाटन समारोहमा आफ्नो मन्तव्य राख्दै उनी बताएका छन् ।

नेपाल भरीका आर्थिक बजेट मध्ये ३०% मात्र प्रदेश लाई दिन्छ र ७०% आफै चलाउ छन् । त्यसमा पनी सातै प्रदेश मध्ये मधेश प्रदेश लाई सबै भन्दा कम बजेट दिने गरेको बताएका छन् । देशको सातै प्रदेश मध्ये यो प्रदेश बाट बढी राजस्व उठाउने र बजेट दिने वेला विभेद गर्ने प्रवृत्ति अझै पहाड़ी शासक वर्गको रहेको मुख्यमंत्री यादवले बताएका छन ।

साथै रौतहट र सर्लाही लाई जोडने कटरवन र सेढवा घाटमा पक्की पुल बनाउन यस वर्षको आर्थिक बजेटमा प्रथमिकता दिई राख्ने उनले प्रतिबद्धता समेत गरेका छन् । साथै रौतहट र सर्लाही जिल्लाको सबै भन्दा पिछडिएको यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, र रोजगार प्रती उनको ध्यानाकर्षण भएको छ । सके सम्म यो समस्या लाई समाधान गर्ने उनको प्रयास रहने समेत उनले बताएका छन् ।

मन्तव्यको क्रममा रौतहटको राजदेवी नगरपालिका नगर प्रमुख भिखारी प्रसाद यादवले आफ्नो पालीकाको सबै भन्दा पिछडिएको यो क्षेत्रमा स्कूल भवन, बाटोघाटो, स्वास्थ्य क्षेत्र लगायत क्षेत्रमा सके सम्म हरेक सम्भव प्रयास गरेको र गर्ने उनले बताएका छन् । यस्तै मन्तव्य राख्दै सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर कुशवाहाले आफ्नो पालिकामा रहेको बैरेजलाई व्यवस्थापन गर्दा पालिका भरिका किशानहरु लाई सहज हुन्छ भन्ने मुख्य मन्त्री यादव सङ भन्नू भयो र रौतहट सर्लाहीलाई जोडने सडकलाई पनि निर्माण गराउन उहाँलाई आग्रह गरेको थियो

कार्यक्रम राजदेवी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष को अध्यक्षतामा भएको छ । प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, अतिथि पुर्व माननीय किरण यादव, पुर्व कृषि राज्यमन्त्री योगेन्द्र प्रसाद यादव, राजदेवी नगरपालिका नगर प्रमुख भिखारी प्रसाद यादव, बलरा नपाका नगर प्रमुख रामाशंकर कुशवाहा, बलरा नगर उप प्रमुख कोशिला देवी,राजदेवी नगरपालिका उप प्रमुख राजकुमारी देवी, गौर नगरपालिका पुर्व उप प्रमुख कारण ठाकुर,बलरा नपा.१ न.का वडा अध्यक्ष नन्दलाल राउत , राजदेवी नपा वडा नं ७ का वडा अध्यक्ष विजय शंकर प्रसाद यादव, समाजसेवी पवन साह, नविन सिंह, जसपा नेता अमोद यादव, संचारकर्मी हनुमत कुमार यादव, सुभाष मंडल, चंदन पटेल सुरक्षाकर्मी लगायत हजारौ जनमानसको बाकलो उपस्थित रहेको थियो । कार्यक्रमको उद्घोषण पत्रकार अभिमनु कुमार पटेलले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here