रौतहट १८ फागुन ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा मदेश प्रदेशका मुख्यमंत्री सरोज यादवले अनुगमन गरेका छन् । अनुगमन गरि प्रादेशिक अस्पताल अवस्था बारे बुझेका छन् ।

प्रादेशिक अस्पताल गौरमा रहेको कमिकमजोरी सहित १ महिना भित्र आसियु सेवा सुचारु गराउने प्रतिबद्धता राखदै भने जनशक्तिलाई अझ प्रोत्साहित गर्न प्राश्रमिक सहित सम्मान गरिने मेरो योजना रहेको यादवले बताएका छन् । अस्पताल गौरमा आसियु सुचारु गराउन आवश्यक व्यवस्थापन गर्न गराउन मुख्य जिम्मा मेसु डाक्टर कृष्ण साहलाई दिएको उनले बताए ।

पहेले रेफरल अस्पतालको नामले चिनिहिने प्रादेशिक अस्पताल गौरको अवस्थामा बेव्स्थापन समिति अध्यक्ष अनवर ह्स्मीले सुधार र सरसफाई सुधार ल्याएको छ ।

प्रादेशिक अस्पताल गौरको मुख्य द्वारमै जनता झुकाउने उदेश्यले खोलिएको गौर होस्पिटल प्राइभेट लिमिटेडलाई स्थानीयले छानवीन गरि कानुनी कार्यवाही गर्न माग गरेका प्रती गौर नगरपालिका मेयर शम्भु शाहलाई आवश्यक प्रक्रिया बढाउन समेत मुख्यमन्त्री यादवले निर्देशन दिएका हुन् ।

प्रादेशिक अस्पताल गौरमा आमजनताको सुलभ सुबिधा सहज उपचार गरि अनुभूति होस् भन्ने उनले अस्पताल कर्मचरीहरु लाई मुख्यमन्त्री यादवले निर्देशन दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here