सर्लाही, १० कार्तिक ।। सर्लाहीमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको ईश्वरपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका २ भक्तिपुरमा नम्बर नखुलेको मोटरसाइकको ठक्करबाट सोही ठाउँका ५५ वर्षीय महलाजिम अन्सारीको मृत्यु भएको हो ।

घर नजिकै सडकमा साइकलमा हिँडिरहेको बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here