कार्तिक ३ रौतहट ।। दुईदिनदेखि भई रहेको बेमौसमी अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी देशभर अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ । अन्य १७ जना हराइरहेका छन् भने ४३ जना घाइते भएका छन् ।

गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले बुधबार बिहान दिएको विवरणअनुसार बाढी तथा पहिरोमा परी ४३ जना घाइते भएका छन् भने ४०० परिवार विस्थपित भएका छन्।

बाढी पहिरोमा मृत्यु भएका ३१ मध्ये २२ जना प्रदेश १ का मात्रै रहेको विपद् महाशाखाले जनाएको छ। मनसुन हटिसकेको अवस्थामा भइरहेको अस्वाभाविक वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here