काठमाण्डौ, २७ चैत ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाण्डौ केन्द्रित जनप्रदर्शन गरिरहेकाे छ । गएको फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपाले ४० बुँदे मागपत्र पेस गरेको थियो ।

गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने लगायतका माग सम्बोधन गर्न दबाब दिँदै आज भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्र परिक्रमा गर्ने तयारी गरेको र यसका लागि विभिन्न जिल्लाबाट मानिस काठमाण्डौ आएका राप्रपाले जनाएको छ ।

राप्रपाले निषेधाज्ञा नै तोड्ने गरी प्रदर्शनको तयारी गरेपछि आज काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि हिजो काठमाण्डौ, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठक बसेको थियो ।

बैठकले विशेष सुरक्षा रणनीति बनाएको र त्यसैअनुसार सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here