रौतहट, २५ पुस ।। जिल्ला प्रहरी कार्यलय मातहत रहेका प्रहरी चौकी महादेवपट्टी रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले नेपालबाट अवैध रुपमा चोरी पैठारी/ निकासी गरी गाई र गोरु भारततर्फ लैजादै गरेको अबस्थामा पक्राउ गरेका छन् ।

प्रहरी चौकी बाट खटेका गस्ती टोलीले गस्ती गर्दै गएको क्रममा बुधवार दिउसो ४.३० बजेको समयमा गौर नगरपालिका वडा नम्वर २ महादेवपट्टि भएर गाईगोरु र बाछी भारत तर्फ लगिदै गरेको प्राप्त सुचनाको आधारमा गस्तीमा गएका प्रहरी टोलीलाई देखेर लैजाने व्यक्ति गाईगोरु छाडेर भारत तर्फ भाग्दा बेवारिसे अवस्थामा बरामद गरेका हुन् ।

गाई १० वटा, गोरु १ वटा र ६ वटा बाछी गरेर १७ वटा गाईगोरु र बाछीको अनुमानित १ लाख ९६ हजार मूल्याँकन गरेर आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here