सर्लाही २६ साउन ।। सर्लाहीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । बुधवार साँझ पोखरीमा डुबेर २१ वर्षीया अर्चना यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मलंगवा नगरपालिका ५ भाँडसरस्थित राम जानकी मन्दिरको सार्वजनिक पोखरीमा डुबेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । भारतको सीतामढी जिल्ला ग्राम पंचायत जयनगर अररियामा घर भएकी यादव माइती घर मलंगवा(५ मा बस्दै आएकी थिइन् ।

लाशको जाँच प्रकृति मुचुल्का गरी प्रादेशिक अस्पताल मलंगवाको शवगृहमा राखिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here