रौतहट, २२ भदौ ।। रौतहटमा मन्दिरका पुजारीमाथि धारिलो हतियार बाट सांघातिक आक्रमण गरिएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका–३ देवीपर्सा टोल स्थित रामजानकी मन्दिरका पुजारी ( महंन्थ) माथि सांघातिक आक्रमण भएको छ ।

मन्दिरका पुजारी मिश्रीलाल साहमाथि दुध उमाली रहेका अवस्थामा अज्ञात समूहले आज (बिहीबार) बिहान ११ बजे धारिलो हत्यार बाट आक्रमण गरेको प्रहरीले जनाएका छन् । उनको टाउकोमा धारिलो हतियार प्रहार भएको छ ।

निज महंन्थ को उपचार दुर्गा भगवती गाउँपालि पिपरा बजारस्थित बागमती अस्पतालमा अहिले उनको उपचार भइ अवस्था समान्य रहेको छ । आक्रमण कसले र किन गरेको हो भन्ने खुल्न बाँकी रहेको छ ।

पुजारीको बयानको आधारमा आक्रमण गरेको व्यक्तिको खोज तलाश भइरहेको र थप अनुसन्धान प्रकृया अगाडी बढ़ाइएको जिल्ला प्रहरी कार्यलयका डी एस पी ले जानेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here