रौतहट ०६ फागुन ।। जिल्ला निर्वाचन कार्यलय रौतहट ले छैठौं निर्वाचन दिवस अवसरमा जिल्ला समन्वय समितिको गौरको सभाहालमा निर्वाचन संचालन तथा व्यवस्थापन सरोकारवालाहरुको भूमिका बिषय सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्ला निर्वाचन कार्यलय रौतहट गौरको आयोजनामा आउदै गरेको निर्वाचनमा सरोकारवालाहरुको के कस्तो भूमिकाको हुन् जरुरि रहेको बारे बिशेष छलफल गरिएको छ ।

२०७४ सालको निर्वाचनमा मतदाता परिचय पत्र प्राप्त गरेका तर हाल सो परिचय पत्र हराएको वा कुनै कारणले नष्ट भएका मतदाताहरुले नयाँ मतदाता परिचय पत्रको लागि वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालय रौतहटमा निवेदन दिन हुन निर्वाचन कार्यलय द्वारा अनुराेध समेत गरिएको छ ।

साथै २०७५ साल बैशाख २ गते देखि २०७८ साल माघ २४ गते सम्म दर्ता गरेका २०७९ साल वैशाख २९ गते १८ वर्ष उमेर पुरा भएका नयाँ मतदाताहरुकाे नयाँ परिचय पत्र आउने जानकारी गराएका छन । मतदाता नामावली अधावधिक (सार्ने र सच्याउने) सम्बन्धी निवेदन दिएका मतदाताहरुको पनि नयाँ परिचय पत्र आउने समेत जानकारी गराएका छन ।

उक्त अन्तरकृया कार्यक्रममा निर्वाचन अधिकृत छोटेलाल दासको अध्यक्षता रहेको थियो । जिल्ला समन्वय समितिका सभापति रामएकवाल यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, कार्यक्रममा आआफ्नो मन्तव्य राख्ने वक्ताहरुले स्थानिय निकायकाे निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

अन्तरकृया कार्यक्रममा सुरक्षा निकायका प्रमुख, कर्मचारी, विभिन्न निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here