वीरगञ्ज ०८ साउन ।। १४ दिनमै पासपोर्ट मगाइदिने भन्दै ठगी गरेको आरोपमा वीरगञ्जबाट पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर-९ रानीघाट बस्ने फ्रेस फोटो स्टुडियोको सञ्चालक सदाम हुसेन, स्टुडियोमा काम गर्ने वडा नम्बर-१० का फैयाज आलम, वडा नम्बर २४ बस्ने गणेश मोबाइल पसल सञ्चालक संजित गुप्ता, वडा नम्बर ९ रानीघाट बस्ने चन्दन मोबाइल सेन्टरका सञ्चालक कुन्दन यादव, सोही स्थानका गढीमाई स्टुडियोका सञ्चालक प्रदीप साह रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयको गेटमा रहेको फ्रेस फोटो स्टुडियोको सञ्चालक हुसेनले धोबिनी गाउँपालिका-१ बस्ने सागिर आलमसँग राहदानी फारम भर्नको लागि सोको फारम चार्ज दुई सय र राहदानी १४ दिन भित्र मगाई दिन्छु भनि २५ सय लिएका थिए । आफूसँग स्टुडियो सञ्चालकले पैसा लिएको भनि आलमले प्रहरीलाई जानकारी गराएपछि अनुसनधानको क्रममा हुसेनसहित पाँच जनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रहलाद कार्कीले जानकारी दिए ।

पक्राउ परेका पाँचैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here