रौतहट ,२७ जेठ ।। रौतहटको जिल्ला प्रहरी कार्यालय गौरले एकै मुदा दुई पटक थुनुवामा नराख्ने प्रावधान हुदा पनि ख्याल गरेको छैन ।

गौर नगरपालिका वर्डा नम्बर ४ बस्ने रामेश्वर राय यादवको छोरा अशोक कुमार यादव साहु र सोही वर्डा बस्ने जयकान्त गिरीको छोरा ललन गिरी रिनी विच पैसा लेलदेन मुदा विचाराधीन रहदा पनि प्रहरीले एकजाहेरीको आधारमा साहुलाई थुनामा राखेको रहस्य बाहिरिएको छ ।

एउटा मुदामा सफाई तथा तारिखमा छुटेकालाई सोही मुदामा दोस्रो पटक थुनामा थुन्न पाईने व्यवस्था नरहेको एक वकिलले बताए।

२०७३ साल पैसा लेलदेन कागज रहेको मुदा आपसी सामझदारीमा फर्छयओट भइसकेको कागजको आधारमा बैशाख मितिमा काजग ठाडा गरेर पून साहुलाई प्रहरीले पक्राउ गरेको यादवको जिकिर रहेको छ।

लेनदेन मुदा एक वर्ष भित्रमा मुदा चलिने प्रावधान हुदा पनि सोको अवज्ञा गरि जिल्ला प्रहरी कार्यालय रौतहटले म माथी मुदा लिई चलाइरहेको साहु यादवले बताए।

अरु २ वटा कपालीको मुदा जिल्ला अदालत गौरमा विचाराधीन अवस्थामा रहेको हुदा सोको तारिख लिन जादा अदालत परिसरबाट प्रहरीले एक अगाडि पक्राउ गरेको उनले बताए।

पैसा लेनदेन आधार जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेपछी स्थानीय संजय सहनीले आफ्नो फेसबूक बाट ´विभिन्न बहानामा कागज गराई गरिबलाई सताउदै आएका गौर-४ टिकुलिया(हाला छतौना)को कुख्यात मिटर ब्याजी अशोक यादब प्रहरीको खोरमा ` स्टेटस राखेको हुदा साहु भएक बितिकै कुख्यात भइ दिने कहाको न्याय हो उनले मानहाहीको मुदा दिने समेत बताए।

बिना बजहको पक्राउ गरेर प्रहरीमात्र हामीलाई यातना दिने काम गरेको र विचाराधीन मुदा चलिरहेको उनले बताए।

तनावका कारण खाना समेत छोडी सकेको साहु अशोक कुमार यादवको बुबाले बताए।हाम्रो छोरालाई राजनीतिक आडमा मात्र यातना दिने काम भइ रहेको छ।

भोलि विहान आइतबारका दिन जिल्ला अदालत गौरमा पेसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here