सर्लाही ०४ फागु ।। सर्लाहीमा स्कुटर दुर्घटना हुँदा धनुषाको कजनाको ज्यान गएको छ । ज्यान जानेमा धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर बस्ने ६० वर्षीय रामलाल पाख्रिन छन् । पाख्रिन सवार ज १२ प ३८०३ नम्बरको स्कुटर लालबन्दी नगपालिका–९, स्थित भित्री सडक खण्डमा दुर्घटना भएको इलाका प्रहरी लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
प्रहरीका अनुसार स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका पाख्रिनको उपचारका क्रममा विराटनगर अस्पतालमा मृत्यु भएको हो । दुर्घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।