सर्लाही, २० पुस ।। सर्लाही जिल्लाको बरहथवामा स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवाद लाई लिएर आन्दोलन प्रदर्शन गरिरहँदा स्थिति बिग्रिय्र्को थियो । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ ।

स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारीहरूले गोली लागेर एक जनाको ज्यान गएको बताएका छन् । ज्यान गुमाउनेमा बरहथवा–५ का जयशंकर शाह रहेका छन् । प्रहरीले भने एक जनाको ज्यान गएको खबर प्राप्त भए पनि पहिचान भइनसकेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here