रौतहट ०७ असार ।। रौतहट जिल्लाको स्थानियमा नेपाली काँग्रेस पार्टी बाट निर्वाचित भएका जनप्रतिनीधीहरुलाई जिल्ला कार्य समितिले सम्मान गरेका छन् । रौतहटलको सम्पनन स्थानिय तहको निवार्चनबाट निवार्चित आफना जनप्रतिनीधीहरुलाई सम्मान गरेको छ । सोमबार पार्टी कार्यालय गौरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि रौतहट स्थानिय तहहरुमा निर्वाचित भएका आफना मेयर, उपमेयर लगायतका जनप्रतिनीधीहरुको सम्मान गरेको हो ।

नेपाली काँग्रेस पार्टीका मेधश प्रदेश सभापति कृष्णा यादवले चन्द्रपुर नपा मेयर सन्जय काफले, उपमेयर जयमाला चौधरी, गुजराका उपमेयर रत्न लामा, कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवाल, उपमेयर रिता देवी यादव, फतुवा विजयपुरमा मेयर गोपाल राय यादव, परोहा नगरपालिकाका मेयर शेख वकिल, उपमेयर सुगान्धी कुमारी, राजपुर नगरपालिकाका मेयर डा. राजिक आलम,एवम उपमेयर जमिला अन्सारी, गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, गरुडा नगरपालिकाका उपमेयर पुनम कुमारी चौधरी एवम माधव नारायण नगरपालिकाका मेयर बैजनाथ राय यादवलाई सम्मान गरेका छन् ।

पार्टीले आयोजना गरेको सम्मान कार्यक्रम समान्य मतले पराजित भएका आफना प्रत्यासीहरुलाई आउदा दिनहरुमा राम्रा कार्यहरु गरि जनताको मन जित्न सल्लाह सहितको निर्देशन पार्टी मधेश प्रदेश सभापति यादवले दिएका छन भन्ने निर्वाचित सबैलाई जनताको भावनाको कदर गर्दै नगरमा विकास गरि पार्टीको इज्जत र सम्मानलाई उच्च बनाउन निर्देशन दिएका छन् ।

सम्मान कार्यक्रम जिल्ला सभापति सुनिल राय यादवको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here