रौतहट १६ जेठ ।। रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका ५ बरहवा ताल पर्यटकीय स्थलमा लगाइएको झुलुङ्गे पुलको एउटा प्लेट बिच भागबाट चोरी भएको छ । आईतबार गौर नगरपालिका मेयर शम्भु साहले पर्यटकीय स्थलको रुपमा रहेको ताल थप व्यवस्थित र विकासको निम्ती अनुगमन गर्न जाँदा झुलुङगे पुल संचालनको अवस्थामा थियो तर आज बिहान पुलको विच भागबाट एउटा प्लेट चोरी भएको छ ।

कडा सुरक्षाको विच पुलको प्लेट चोरी हुनु शंकास्पद समेत रहेको स्थानिय बताउँछन । मेयर साहले पुनः अनुगमन गरि घटना बारे थप्न जानकारी लिएका छन । उनले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई समाजभित्र रहेको गलत प्रवृत्तिको व्यक्तिलाई सबैको सामु नाङगो बनाउँनु पर्ने बताए ।

प्लेट चोरी भए लगतै झुलुङगे पुलबाट आवतजावतमा रोक लगाईएको छ । आवतजावत गर्न दुर्घटना हुनसक्ने सम्भावना रहेकोले नगर प्रहरीलाई सुरक्षामा परिचालन गरी आवतजावतमा रोक लगाइएको हो ।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा झुलुङगे पुलको उद्घाटन गरिएको थियो ।  १० बर्ष भन्दा बढी पुल बनेको कारण पुलमा केहि मर्मत गर्नुपर्ने पार्कलाई थप व्यवस्थित बनाउँन आइतबार गौर नपाका मेयर शम्भु साहले अनुगमन गर्न पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here