धनुषा, ०७ असोज ।। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आज बिहान ४ बजेतिर पुरुष थुनुवा कक्षको भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएकोमा एकजनालाई भने भाग्दै गर्दा पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । बाँकी ८ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीका अनुसार फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार तथा अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here