रौतहट, १५ असोज ।। रौतहट जिल्लामा जनता समाजवादी पार्टीमा प्रवेश हुनेहरुको लहर नै लागेको छ । विभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता,कार्यकर्ता, कलाकार, आम जनमास घमाधम प्रवेश गरिरहेका छन् । जिल्लाको गरुडा नगरपालिकाको जयनगरमा जसपा ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम सोमबार भव्य एवं भब्य रुपमा गरिएको छ । जनमत पार्टी , आजपा पार्टी , नेपाली कांग्रेस र एकीकृत माओवादीका सयौं कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् ।

May be an image of 8 people and text

चर्चित कलाकार राजकुमार साह , मोहर लाल पटेल, नवीन पटेल, दिलीप महाकाल, मिथिलेश यादवहितका स्टारहरु जनमत पार्टी, आजपा पार्टी ,नेपाली कांग्रेस र एकीकृत माओवादी पार्टी परित्याग गरेर सांस्कृतिक संगठन समाजवादी सांस्कृतिक संघमा (जसपा)मा प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरुलाई मधेस प्रदेश सरकारका पुर्व कृषि राज्य मन्त्री योगिन्द्र राय यादवले स्वागत तथा बधाई दिनुका साथै फुलमाला , गमछा र अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।

May be an image of 5 people

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व राज्य मन्त्री यादवले भने, रौतहटमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रति आम जनताको लहर बढ्दै गएको उनले बताए । अब जसपा देश्मा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने समेत पुर्व मन्त्री यादवले दावी गरे । जसपा नेपालको रौतहट जिल्ला अध्यक्ष श्यामबिहारी यादवको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा पुर्व मन्त्री यादव लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here