रौतहट, १५ असोज ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ५ स्थित आधारभूत विद्यालय बाल मन्दिरमा पेन्सन बंचित शिक्षकहरुको जिल्ला भेला संपन्न भएको छ । शिक्षा विज्ञानं तथा प्राविधि मंत्रालयले प्रतिनिधि सभामा दर्ता गरेको विबादास्पद शिक्षा येन २०८० को विधयेकमा २०७६ /४/१ पछि नियुक्ति पाएका शिक्षकहरुलाई जवर्दस्ती पेन्सनबाट बंचित गर्न गरिएको व्यवस्थाको विरुद्धमा जिल्ला को पेन्सन बंचित शिक्षकहरुको भेलाको आयोजना गरिएको हो ।

२०७६ साल साउन १ गते पछि नियुक्ति गरिएको शिक्षकको पेन्सनको व्यवस्था गर्नु पर्ने मांग पूरा गराउन नेपाल सरकारलाइ दवाव सृजना गर्ने उदेश्यले आयोजना गरिएको भेलाबाट निरञ्जन यादवको अध्यक्षतामा २४ सदस्य पेन्सन बंचित शिक्षक संघर्ष समिति गठन गरिएको छ । विधयेक विरुद्ध आन्दोलन गर्नको लागि गठन गरिएको पेन्सन बंचित शिक्षक संघर्ष समिति जिल्ला कार्य समिति रौतहटको उपाध्यक्षमा सुनील कुमार चौरसिया , सचिवमा भैरव जी यादव , सह सचिवमा नविन कुमार शर्मा सर्व सहमतिबाट चयन गरिएको छ ।

संघर्ष समितिको सदस्यहरुमा मोहन बैठा , संजय मिश्र,अखिलेश्वर पटेल , अशोक कुमार साह , डम्बर राज पन्त , विजय कुमार झा , बैजू कापड , श्रवण कुमार शर्मा , टंकेश्वर प्रसाद यादव ,आरती कुमारी मिश्र , शैल कुमारी मिश्र , अम्बिका सापकोटा , करुणा झा , नगीना यादव , प्रमोद यादव , उमा शंकर पंडित , रामरूप साह र सिकिन्दर कुमार छनौट भएका छन ।

बिबादास्पद शिक्षा येन २०८० ले राहत शिक्षक ,स्थायी शिक्षक , बाल बिकास , विद्यालय कर्मचारी , करार सेवा , अनुदान ,उच्च मा वि शिक्षक तथा विद्यार्थी लगायत मुलुकको शिक्षा क्षेत्र नै अन्धकारमा पर्ने किसिमको रहेकोले कुनै पनि हालतमा स्वीकार्य नहुने अध्यक्ष्य यादवले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here