रौतहट, १६ असोज ।। रौतहट जिल्लाको भारत संग सिमा जोडिएका विभिन्न सीमानाकाहरु भएर अबैध रुपमा भन्सार छलेर भित्रयाइएको १२ लाख मूल्य बराबरको मालसामानहरु नेपाल प्रहरीले बरामद गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त सुचनाको आधारमा भन्सार छली गरेर चोर नाका भएर भित्रयाइएका अबैध समानहरु लत्ताकपडा, खाद्यान्न, कष्मेटिक, इलेक्ट्रोनिक, मदिरा सौफी लगायतका ३ वटा मोटरसाइकल र एक तिन पाँग्रे अटोलाई नियन्त्रणमा लिएको जनाएका हुन् ।

बरामद गरिएका उक्त मालसामानको मूल्य १२ लाख भन्दा बढिको रहेको जानकारी दिदै रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी दामोदर केसीले बरामद सामान सहित सवारी साधनलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझायिएको बताए ।
हिन्दुहरुको महान चाँडपर्व विजया दश्मी र दिपावलीको मौका छोपी तस्करीहरुले सिमापारी भारतबाट मालसामानहरु भन्सार छलेर नेपाल भित्रयाउने कार्य माथि नेपाल प्रहरीले सुक्ष्म ध्यान दिएर २४ सौं घण्टा निगरानी राखेको समेत उनले भने ।

१२ लाख भन्दा बढिको भन्सार छलीको सामान नेपाल प्रहरीले बरामद गर्दा रौतहटको सीमानाकाहरुबाट तस्करी कार्य निर्वाध रुपमा भईरहेको पुष्टि गरेको छ । सीमा क्षेत्रमा खटिएकाहरु संग तालमेल मिलाएर उक्त अबैध कार्य जारी रहेको पाइन्छ तर जिल्लाबाट छड्के चेकजाँचमा गएको वेला प्रहरीले उक्त सामानहरु फेला पार्ने गरेको श्रोतले बतायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here