रौतहट, ०२ कार्तिक ।। रौतहट जिल्लाको एक युवक लाई भारतको विहाररमा गोली प्रहार गरेर हत्या भएको छ । बिहार राज्यको रमगढवामा रौतहट सदरमुकाम गौर नगरपालिका ९ का ४० वर्षीय दिलीप सिंहको अज्ञात समूहले गोली दागेर हत्या भएको हो ।

रमगढवामै रहेको शिव शक्ति राइस एन्ड फ्लोर मिलमा मुन्सीका रूपमा कार्यरत सिंह मुजफ्फरपुरबाट पैसा संकलन गरेर फर्केपछि मिलको गेटमै गोली दागेर हत्या भएको भारतीय प्रहरीले जनाएको छ ।

अत्यन्त नजिकबाट प्रहार भएको गोली सिंहको छातीमै लागेकाले सिंहको घटनास्थलमै मृत्यु भएको गौर नगरपालिका ९ का वडाध्यक्ष अर्जुन सिंहले जानकारी दिए ।

सिंहको साथमा भएको २९ लाख भारतीय रूपैयाँ पनि लुटेर अज्ञात समूह फरार भएको भारतीय प्रहरीले जनाएको छ । सिंहलाई गोली प्रहार गर्ने लुटेरा समूह हुन सक्ने अनुमान गरिएको छ । घटना बारे अनुसन्धान भईरहेको सम्बन्धित निकायले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here