सर्लाही, ०७ असोज ।। जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन यादवले वडा स्तरमा नेता कार्यकर्ताहरु लगायत जनसमुदाय संग भेटघाट संगै शुभ दीपावली, छठ पर्वको शुभकामना अदान प्रदान तथा पार्टी संबंधित प्रशिक्षण कार्यक्रम प्रारंभ गरेका छन् ।

जिल्लाको सबै पालिकाको सबै वार्डमा २०८४ को निर्वाचिन लाई लक्षित गर्दै दशै ,दिपावली , छठ पर्वको शुभकामना अदान प्रदान कार्यक्रम आज शुरु गरेका छन् । त्यसै क्रममा बलरा नगरपालिकाको वार्ड नम्बर ८ गडहीया आज शुभकामना अदान प्रदान तथा पार्टी प्रशिक्षण कार्यक्रम भव्यता साथ मनाईएको छ ।

कार्यक्रममा जिल्ला इन्चार्ज श्रीचन यादव, वडा अध्यक्ष प्रत्यासी, पार्टीका नेता कार्यकर्ताहरु लगायत जनसमुदायको उपस्थिति रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here