रौतहट १८ माघ ।। आइपीएलमा निलामी हुने खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ । बिसीसीआईले आइपीएलको मेगा अक्सनका लागि ५ सय ९० खेलाडीको नाम सार्वजनिक गरेको छ । आगामी फरवरी १२ र १३ मा बेंगलुरुमा खेलाडीहरुको निलामी हुनेछ ।

यो पल्ट अक्सनमा श्रेयस अय्यर, शिखर धवन, रविचंन्द्रन अश्विन, मोहम्मद शमी, इशान किशन, अजिंक्य रहाणे, सुरेश रैना, युजवेंद्र चहल जस्ता भारतीय खेलाडीहरु सामेल छन् ।

Image
Image

आइपीएलको अक्सनका लागि नेपालको १५ जना खेलाडीको नाम दर्ता भएपनि बिसिसिआइले आज बेस प्राइस सहित सार्वजनिक गरेको लिस्टमा नेपालका कप्तान संदिप लामिछानेको नाम मात्र समावेश गरिएको छ । लामिछानेको बेस प्राइस ४० लाख रहेको छ ।

त्यस्तै अश्विन, ट्रेन्ट बोल्ट, प्याट क्युमिन्स, क्विनटन डिक्क, शिखर धवन, श्रेयस अय्यर, डेविड वार्नर, देवदत्त पडिकल, सुरेश रैनाको बेस प्राइस २ करोड रहेको छ ।

IPL2022PlayerAuction_List_Sets

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here