काठमाडौँ १८ माघ ।। भारतले सरकारले नेपाललाई १२ अर्ब अनुदान दिने आर्थिक वर्ष २०२२/०२३ को बजेट समायोजन गरेको छ । आज ल्याएको बजेटमा भारतले नेपाललाई १२ अर्ब (भारु ७ अर्ब ५० करोड) रुपैयाँ अनुदान दिने भएको छ । भारतका केन्द्रीय अर्थमन्त्री निर्मला सितारमणले लोकसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०२२/२३ को बजेटमा नेपालका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरेको उल्लेख छ ।

भारतले गतवर्ष १५ अर्ब रुपैयाँ विनियोजन गरेपनि पछि त्यसलाई घटाएर १० अर्ब ४० करोड रुपैयाँमात्रै प्रदान गरेको थियो । भारतले नेपाललाई आर्थिक वर्ष २०१९/०२०मा सबैभन्दा बढी १९ अर्ब २० करोड रुपैयाँ अनुदान दिएको थियो । २०२०/२१ मा नेपाललाई १४ अर्ब ४० करोड रुपैयाँ अनुदान प्रदान गरेको थियो ।

भारतले नेपालसहित मरिसस, सिसेल्स, म्यानमार, अफगानिस्तान, भुटान, श्रीलंका, बंगलादेश, मंगोलिया र विभिन्न अफ्रिकी देशहरू तथा मानवीय र प्राकृतिक प्रकोपका लागि ९६ अर्ब ७० करोड रुपैयाँ अनुदानका लागि विनियोजन गरेको छ । भारतले भुटानलाई सबैभन्दा बढी अनुदान दिएका छन् । भुटानलाई २४ अर्ब ९६ करोड रुपैयाँ अनुदान दिनेगरी बजेट विनियोजन गरिएको छ ।

भारतीय अर्थमन्त्री सितारमणले १ सय ६ खर्ब ८० अर्ब भारतीय रुपैयाँको बजेट लोकसभामा प्रस्तुत गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here