एजेन्सी, ०९ भदौ ।। चीनको मोबाईल एक्सेसोरीज् निर्माणका क्षेत्रमा अग्रणी मानिएको ब्राण्ड कोर्नले आफ्नो पछिल्लो उत्पादनको रुपमा कोर्नले सीडब्लूएट म्याक्स स्मार्टवाच नेपाली बजारमा ल्याएको छ ।

एप्पल वाच अल्ट्राको डिजाइनबाट इन्सपायर्ड यो स्मार्टवाचको युजर इन्टरफेस एण्डरोईड थिममा रहेको छ । आईफोन र एण्डरोईड दुवैमा कनेक्ट गर्न सकिने यो वाचको डिजाईन, विल्ड क्वालिटी, युजर इन्टरफेस र कम्फर्ट कहिं कतै सम्झौता गरिएको छैन । मेटल बडि भएको यो स्माट वाच झण्डै २ इन्च ठूलो एचडी डिस्प्ले को प्रयोग गरिएको छ ।

रिअल टाइम हेल्थ मनिटरिङ्ग गर्ने क्षमता भएको यो स्मार्टवाच ब्लड प्रेसर मनिटरिङ्ग, ब्लड अक्सिजन मनिटरिङ्ग, हर्ट रेट मनिटरिङ्ग लगायतका सुविधाहरु प्रदान गरिएको छ भने यसले प्रयोगकर्ताको स्लिप मनिटरिङ्गको समेत क्षमता राख्छ ।

उच्च गुणस्तरीय ग्लास प्रयोग गरिएको यो स्मार्टवाच स्क्र्याच प्रुफ रहेको छ आईपी सिक्सटी सेभेन वाटर रेसिस्टेन्स रहेको छ । ब्लुटुथ कलिङ्गका साथमा एसएमएस अलर्ट, मिस्ड कल अलर्ट, म्युजिक कन्ट्रोल, क्यामेरा कन्ट्रोल जस्ता विशेषताहरुले यसलाई स्माट वाच मात्र नभई एक उत्कृष्ठ र इन्डिपेन्डेन्ट ग्याजेटको रुपमा प्रयोग गर्न सकिने देखिन्छ ।

यो स्मार्ट वाचमा ३०० मिलिएम्पियरको ब्याट्री प्रयोग गरिएको छ जसले एक पटकको चार्जिङ्गमा १५ दिनको ब्याकअप प्रदान गर्छ भने वायरलेस चाजिङ्ग तथा एनएफसी समेत भएको यो स्मार्टवाचमा ब्लुटुथ ५.० को प्रयोग गरिएको छ। यसरी पछिल्ला पुस्ताका विशेषताहरु समावेश गरिएको यो स्मार्टवाचको प्रवेश सँगै नेपाली बजारमा कोर्नको ब्राण्ड भ्यालु थप बृद्धि हुनेमा निश्चिन्त रहेको कोर्नका आयातकर्ता केमियो इन्टरनेशनल प्रा. लि. का अध्यक्ष उपेन्द्र साहले आयोजित कार्यक्रममा बताउनु भयो । यो स्मार्ट वाचको अधिकतम खुद्रा विक्री मूल्य रुपैंया सात हजार पाँच सय तोकिएको छ भने यसमा एक बर्षको वारेन्टी प्रदान गरिएको छ ।

यो स्मार्टवाचको एक्सक्लुसिभ लन्च अगष्ट २९ मा अनलाईन सेल्स पोर्टल दराज डट कम मार्फत लन्च गर्ने भएको हो । एक्स्कुलसिभ लन्चमा सहभागि मध्ये पहिला २० ग्राहकले जम्मा चार हजार नौ सय उनान्सय रुपैंयामा स्मार्टवाच प्राप्त गर्नेछन् भने थप ८० ग्राहकहरुले पाँच हजार नौ सय उनान्सयमास्मार्टवाच किन्न सक्नेछन् । दराजमा सीडब्लूएट म्याक्स स्मार्टवाच सात हजार चार सय उनान्सय रुपैंयामा उपलब्ध हुनेछ । यसमा दराजमा विभिन्न अवसर तथा अफरहरुमा प्राप्त हुने भौचर तथा पेमेन्ट डिस्काउन्टहरु समेत प्रयोग गरि थप छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here