शिर्षक :- भष्टाचारि लाई जलाउनु पर्छ

धेरै भयो अब खुकुरी पलाउनु पर्छ ।

भष्टाचारि लाई जिउदै लजाउनु पर्छ ।।

यो देश राजनीतिले सडि सक्यो है ।

अब आमायुवा मिले तहलगाउनु पर्छ ।।

एक चोटिको कसैले टेर्दैन याहाँ यार ।

नेताहरू लाई भन कति कराउनु पर्छ ।।

मोर्चा बनाई देश लुटि खान थाले यार ।

यो कंगाल सरकार लाई ढलाउनु पर्छ ।।

अब हामी नेपाली जनता बुझि रा है ।

आउने चुनाव कसरी तहलगाउनु पर्छ ।।

                                                                             दिपक संगम विश्वकर्मा टीकापुर ,कैलाली नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here