सर्लाही, ०६ असोज ।। सर्लाही जिल्लाको सदरमुकाम मंलगवामा जनमत पार्टीका अध्यक्ष डा. सि.के. राउत द्वरा शिक्षण तथा तिहार छठ पर्वको शुभकामना अदान प्रदान कार्यक्रम भव्यता साथ सम्पन्न भएको छ । आज मलगवा स्थित होटल कुसुम पैलेसमा एक औपचारिक कार्यक्रम बिच नेता कार्यकर्ताहरु लगायत जनसमुदाय संग शिक्षण तथा तिहार छठ पर्वको शुभकामना अदान प्रदान कार्यक्रम गरिएको छ ।

उक्त कार्यक्रममा कार्यक्रमको अध्यक्षता गरिरहेका पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादव आफ्नो मन्तव्य राख्दै आउदो चुनावमा सफल हुन हामी सबै नेता कार्यकर्ताहरु साथ र सहयोगको आवश्यकता पर्छ साथै हामीलाई एक जुट भइ जनताको चौतरफी बिकास हुनको लागी एक भई अगाडि बढनु पर्छ ।

पार्टीका अध्यक्ष राउत आफ्नो शुभकामना मन्तव्य राख्दै नेता कार्यकर्ताहरु लाई पार्टी र जनताको लागी प्रशिक्षण दिदै जन – संप्रभुता, लोकतंत्र, समाजिक न्याय र समाजवादको लागी हामी जहिले सम्म जिउदो रहन्छौ हाम्रो यो अभियान र जनताको हक अधिकारको लागि हाम्रो आल्दोलन कायमै रहनेछ भन्ने उनले बताए । यो लोकतांत्रिक देशमा अलग अलग निती बोकेको दुई मुख्य दलले मिली जुन सरकार बनाई आफ्नो राजनीतिक भाडो चलाउन जुन संडयन्त्र गरेका छन् त्यो एक दमै निन्दनिय रहेको बताएका ।

 

उक्त कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु लगायत १०० औ जना राउत द्वरा टिका, माला, खादा लगाई पार्टी प्रवेश गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here