पर्सा, २९ असोज ।। पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको नरभक्षी बघिनीको मृत्यु भएको छ । ठोरी गाउँपालिका वडा नं ५, सुवर्णपुरबाट ‘डार्ट’ गरी पर्सा निकुञ्जको खोरमा राखिएको ३ वटा बाघमध्ये एउटा बघिनीको मृत्यु भएको हो ।
सो बघिनीले गत भदौ १३ गते सुवर्णपुरमा दिउँसो ४ बजे कान्छालाल दोङको ज्यान लिएको थियो । मानिसको ज्यान लिएपछि उक्त बघिनीलाई नियन्त्रणमा लिएर निकुञ्जको खोरमा राखिएको थियो ।
बिहीबार बिहान खोरको निरीक्षण गर्न पुगेका निकुञ्जकर्मीले उक्त बघिनीलाई मृत फेला पारेको निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले बताए ।