विराटनगर, २९ असोज ।। विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न भएको आरोपमा तीनजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ,२० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेका छन् ।

तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् । चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको प्रहरीले जनाएको छ । तीनैजना मिलेर २५ वर्षीया युवतीमाथि विराटनगर महानगरपालिका–३ मा आइतबार बिहानका राति बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार घटनामा संलग्नहरू ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कको होटलमा पुगेका थिए । खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरु फर्किएर आएको दाहालले बताए ।

उनका अनुसार फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पार्किङ गरेर राखेको दुईवटा ट्रकको बीचमा रहेको खाली ठाउँमा पुर्‍याएर युवतीमाथि सामूहिक बलात्कार गरेको पाइयो,’दाहालले भने, ‘स्थानीयले खबर गरेपछि प्रहरीलाई घटनाको जानकारी भएको हो ।

पीडित युवती चिच्याउन थालेपछि स्थानीय र पैदलयात्रीले घटना थाहा पाएको उनको भनाइ छ । युवती चिच्याएको सुनेपछि घटनास्थलमा पुगेकाहरूले प्रहरीलाई खबर गरेको डीएसपी दाहाल बताउँछन् । घटनास्थलमा मानिस भेला हुन थालेपछि तीनैजना दौडिएर ट्रकभित्र छिरेका थिए । लगत्तै परिचालित प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको उनले बताए ।

आक्रोशित बनेकाहरूले ट्रकमा तोडफोडसमेत गरिदिएका छन् । तोडफोटबाट ट्रकको अगाडिको शिशा फुटेको छ । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइने जानकारी दाहालले दिए ।

बलात्कारबाट बालिका गर्भवती

मोरङको लेटाङमा बलात्कारबाट एक बालिका गर्भवती भएकी छन् । लेटाङ नगरपालिका–१ का ३० वर्षीय कृष्णबहादुर मगरको बलात्कारबाट १६ वर्षीया बालिका गर्भवती भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट मगरले पटकपटक बालिकालाई बलात्कार गरेको खुलेको छ ।

बालिकाको अहिले लगभग ६ महिनाको गर्भ छ । पेट ठूलो हुँदै गएपछि र लामो समयदेखि महिनावारी रोकिएपछि अभिभावकले सोधीखोजी गर्दा बलात्कारबाट बालिका गर्भवती भएको पत्ता लागेको डीएसपी दाहालले बताए । उनका अनुसार २०७९ चैत २३ गते आफू बलात्कृत भएको र त्यसपछि पनि पटकपटक बलात्कार गरेको पीडितले बताएकी छन् ।

पीडित पक्षबाट किटानी जाहेरी परेपछि मगर

लाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर भीमलाल ओली नेतृत्वको टोलीले मगरलाई लेटाङ–३ बाट पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको हो । प्रहरीले सोधपुछ गर्दा मगरले घटना स्वीकार गरेका छन् । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थपको तयारी गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here