सर्लाही २१ असार ।। सर्लाहीमा किराना पसलबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका ११ का ४३ वर्षीय छोटेलाल दास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मंगलबार विहान करिब ११ बजे दासले हरिवन ११ स्थितमा संचालन गर्दै आएको सुनिता किराना पसलबाट बिशेष सुराकिको आधारमा लुकाई छिपाई राखेको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली एक राउण्ड बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

दासलाई पेस्तोलसहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here