रौतहट, २८ असोज ।। रौतहटको राजदेवी नगरपालिका वडा नम्वर १ पथरा गाउँमा ब्रम्ह् स्थानमा पुजा गर्ने विषयलाई लिएर हिन्दु समुदाय एक अर्का समुह बीच आपसमै झै झगडा भई अवस्था तनावपूर्ण बनेको थियो ।

पथरामा रहेका ब्रम्ह् स्थानमा पुजामा एक समुहले अर्को समुह लाई कलश यात्रामा निमंत्रणा नदिएको भन्दै बिवाद उत्पन्न भएको थियो । पूजा कलश यात्रा विषयलाई लिएर पश्चिमी र पुर्वी पथराका स्थानीय बासिन्दाहरु बीच झै झगडा उत्पन्न हुँदा अवस्था तनावपूर्ण बनेका थियो । पुर्वी पथराका मानिसहरु बाटोमा टायर बालेर महिला पुरुष बालबालिकाहरु प्रदर्शनमा उत्रिएपछि स्थानीय प्रशासनले अवस्थालाई सामान्य पार्न ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरि दुवै पक्षलाई बसाई समाधान गराएका छन् । बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट गौरका प्रहरी नयाव उपरिक्षक दामोदर केसीका अनुसार दुवै पक्ष बिच समान्य बाद विवाद भएको थियो । साथै आम जनसमुदाय संग कुनै किसिमको असमाजिक कार्य नगर्न अनुरोध समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here