काठमाडौँ, ३२ साउन ।। अर्थमन्त्री डा. प्रकाश शरण महतले, प्रतिपक्षमा बस्नु पर्दाको पीडा खप्न नसकेर बारम्बार संसद अवरुद्ध गरेको आरोप लगाएका छन् । बुधबार जनकपुर पुगेका अर्थमन्त्री महतले प्रतिपक्षले बहुमत सांसदले बनाएको सरकारलाई स्वीकार गरेर अघि नसकेको उनले तर्क गरेका हुन् ।

‘सहज रुपमा सरकारलाई स्वीकार गर्ने गर्नु पर्यो। प्रतिपक्षमा बस्ने वित्तिकै त्यसलाई सहनै नसक्ने त गर्न भएन नी । एमालेले विना कारण संसद अवरुद्ध गरेको भन्दै अर्थमन्त्री महतले सदन बन्द हुँदा कयाैँ काम रोकिएको बताए ।

‘संसद भनेको जनताले निर्वाचित जनप्रतिनिधिले समसामयीक विषयमा घनिभूत छलफल गर्ने थलो हो । ऐन कानून बनाउने थलो हो। कतिपय ऐन हामीले संघीय संरचना अनुसार परिर्माजन गर्नुपर्ने छ । संघीय व्यवस्थालाई हामीले घनिभूत गर्नु छ । स्थानीय निकायलाई बलियो बनाउनुछ । प्रदेश संरचनालाई बलियो बनाउनुछ । संसद नचलेर संघीय कानून नबनेर स्थानीय प्रदेश कानून बनाउन अड्चन आइहरेको छ।’ उनले भने ।

आफूहरु प्रतिपक्षमा रहँदा अनावश्यक रुपमा सदन अवरुद्ध नगरेको उनको दाबी छ । हरेक पटक केही न केही बहानामा त्यो संसदलाई बन्धक बनाइराख्ने । यो भयो भने त यी कुराहरु अगाडि बढ्दैनन् नी । नेपाली काँग्रेस जवसम्म प्रतिपक्षमा थ्यो कहिले पनि हामीले संसदलाई अनावश्यक रुपमा बन्द गर्ने बहाना खोजेर बन्द गर्ने त हामीले गरेनौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here