रौतहट, २८ असोज ।। रौतहट सशस्त्र प्रहरी द्वारा पक्राउ गरिएको अवैध बोआइलर कुखुरा नष्ट गरिएको छ । सीमापारी भारतीय बजारबाट परोहाको नरकटियाबाट नेपाल भित्रयाइएको एक सय किलोग्राम तयारी कुखुरा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेका छन् ।

सशस्त्र प्रहरीको विओपी सरमुजवाबाट नियमित सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रकुमार पाटा मगरको कमाण्डमा निस्किएको गस्ती टोलीले दुई वटा साइकलमा राखी ल्याउदै गरेका अन्दाजी मूल्य २५ हजार बराबरको ३४ वटा बोआइलर कुखुरा बोकेका भरीयाले सशस्त्र प्रहरीलाई देख्ना साथ साइकल छाडी गाउँमा भागेपछि बेवारिसे अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएका हुन् ।

बरामद गरिएका बोआइलर कुखुरालाई सशस्त्र प्रहरी नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरमा खाल्डो खनी पुरेर नष्ट गरिएको डिएसपी अमर लामाले जानकारी दिएका छन् । पशु स्वास्थ्य प्राविधिक, संचारकर्मी, नेपाल प्रहरीको रोहबरमा बरामद गरिएका कुखुरा नष्ट गरिएको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here