रौतहट १४ वैशाख ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा शैक्षिक पूर्वाधार निर्माणको लागी पालिका र छायाँ नेपाल नामक संस्था विच सम्झौता भएको छ । प्रारम्भको रूपमा झण्डै १ करोडको शैक्षिक संरचना निर्माणको सम्झौता भएको छ ।

नगर विकासको लागी अग्र पंक्तिमा उभी जनताको बिच विभिन्न सलाह सुझाव लिदै आगाडी बढी रहेका नगर प्रमुख भिखारी प्रसाद र प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ ले शिक्षा क्षेत्रमा सुदृढ़ीकरण,बिस्तार विकासका र टेवा पुग्ने उद्देश्यले बुधवारका दिन नगर कार्यपालिकाको कार्यालयमा बसी सम्झौता गरेका हुन् ।

छायाँ नेपालको विशेष सहयोगमा बाहिर तथा सुस्त श्रवण आधारभूत विद्यालय बसतपुर काे होस्टेल सहितको पूर्वाधार निर्माण हुने भएको छ । सम्झौतामा नगरपालिका काे तर्फबाट नगर प्रमुख श्री भिखारी प्रसाद यादव र प्र प्र अ प्रलव कायस्थ तथा छायाँ नेपालको तर्फबाट कमल थापा र प्रियंका सिंह द्वारा संयुक्त रुपमा सम्झौता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here