रौतहट २३ चैत ।। रौतहट जिल्लामा सडक निर्माणमा खटिएका एक जना सुपरवाईजरको करेन्ट लागेर मृत्यु भएको छ । रौतहट जिल्लाको परोहा नगरपालिकाको वडा नं ४ लौकाहा टोलमा बस्ने नागेन्द्र राय यादवको छोरा अन्दाजी ४० बर्षको चन्द्रिका यादवको मृत्यु भइको छ ।

लौकाहा गाउँ स्थित कालोपत्र सडक निर्माण कार्यमा खटिएका सुपरवाईजरको रुपमा कार्यरत रहेका यादवको प्रदेश नं २–०३–००–१–६ १८७० नम्बर प्लेटको टिपरबाट गिट्टी खसाल्दै गरेको क्रममा बिधुतको तारले करेन्ट लागेर मृत्यु जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएका छन । शवलाई पोसमार्टमको अस्पताल लागिएको बतायियेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here