राैतहट, २८ असाेज ।। राैतहट प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय अर्न्तगतका प्रहरी कार्यालयबाट शनिबार रु २ लाख १३ हजार ३ सय दश रूपैयाँ बराबरकाे भन्सार छली चोरी पैठारी गरी ल्याएका समानहरु बरामद भएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक दामाेदर केसीले जानकारी दिए ।

लत्ताकपडा,खाधान्न, हाडवेयर र पितलको भाडा बर्तन लगायतका सामान मोटरसाईकिलमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको अबस्थामा प्रहरी गस्ती टोलिलाई देखि लोड रहेको सामान छाडी मोटरसाईकल लिई भागी फरार भएकोले सो स्थानमा प्रहरी टोली गई बेबारिसे अबस्थामा रहेको लत्ताकपडा,खाधान्न, हाडवेयर र पितलको भाडा बर्तन लगायतका सामानहरु बरामद गरिएकाे प्रवक्ता केसीले वताए ।

उनका अनुसार शनिबार राति ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ५ र वडा नम्बर २ स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईरहेकाे उक्त सामान बरामद गरेको हाे ।

बरामद सामानहरु आवश्यक कारवाहीको लागि स्थानीय मानिसहरूकाे राेहबरमा गाैर भन्सार कार्यालयमा बुझाएको प्रवक्ता केसीले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here