रौतहट २४ जेठ ।। मधेस प्रदेश सरकार को स्वास्थ्य तथा जनसंख्या मंत्री माननिय बिरेन्द्र प्रसाद सिंह पदभार सम्भाले देखी नयां भिजनका साथ जन्ताको सेवा सुविधाको लागि दिन रात खटी स्वास्थ्य क्षेत्रमा सुधार गर्दै मधेस प्रदेसले कम समयमा सराहनीय कार्य गरी चर्चा बटुल्न सफल हुनु भएको छ ।

जेष्ठ नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थय सेवा उपलब्ध गराउन सरकारी अस्पतालहरुमा बिरामी दर्ता गर्दा शुल्क नगाल्ने तथा प्रदेश तथा स्थानीय तहाका ल्याबहरुमा निशुल्क परिक्षण गरिनेछ, प्रदेशमा संचालित वृद्ध,आश्रम, बालगृह ,मानव सेवा आश्रमा आश्रीत ब्यक्तिहरुको स्वास्थय परिक्षण र उपचारका लागि घुम्ती स्वास्थय सेवा संचालन गर्नेछ, मधेस प्रदेश सरकारले ६० वर्ष माथिको नागरिकलाई आँखा , दात ,र कानको फ्री चेकजाँच गरिने ब्यवस्था मिलाउने छ, रक्तचाप ,मधुमेह तथा अन्य नसर्ने रोगको प्राथमिक परिक्षण तथा सचेतना वृद्धिका लागि पालिकाहरु सगको सहकार्यमा स्वास्थय सेवा कार्यक्रम संचालन गरिनेछ ।

६ वटा जिल्लामा रहेका प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ सेवा संचालनमा ल्याउन physiotherapy and dialysis लगायतका सेवाहरु संचालन गरि १०० बेडकाे अस्पतालमा परिनत गरिनेछ र सिराहा जिल्ला स्थित प्रादेशिक अस्पताल ,सिराहा लाई १५० बेडमा र धनुषाको डुमरिया ,पर्साको पोखरिया,सप्तरी भारदह ,सर्लाहीको बरहथवा अस्पतालहरु लाई ५० बेडमा स्तरउन्नति गरिनेछ ।

स्वास्थय सेवालाई थप बिस्तार गर्न आयुवेद,योग,होमियोप्याथी तथा अन्य बैकल्पिक उपचार पदतीको बिस्तार गरिनेछ र सो को लागि चाहिने आवश्यक उपकरण तथा विशेषज्ञ सेवाको ब्यवस्था गरिने छ प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयहरू मध्य भौतिक पुर्वधार प्राप्त रहेका जिल्लाहरुलाई १० बेडकाे अस्पतालमा स्तरउन्नति गरिने मुख्य स्वकीय सचिव निकेश त्रिपाठीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here