विरगञ्ज २२ चैत ।। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलवार) विरगञ्जमा आफुलाई मधेसको भलो नरुचाउने तत्वहरुले मधेस बिरोधी भनी हल्ला गरेको भाषण गरेपछी विरगञ्जकै मधेसी नेताले त्यसको विरोध गरेका छन् । लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) विरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फले ओलीलाई मधेस आन्दोलनताका उनले दिएका मधेस विरोधी अभिव्यक्तिहरु स्मरण समेत गराएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता सरार्फले विभेद कायम रहे सम्म समृद्धि र दिगो बिकास सम्भव छैन भने कुरा ओलि जी ले बुझ्न बाकी रहेको उल्लेख गर्दै मधेसवादी दलबाट आफ्नो पहिचान बनाई ‘ओली सरनम गच्छामी’ भएका मधेसका गद्दारहरुले ओलीजीलाई सो कुरा छिट्टै बुझाउने छन भनी बिश्वास व्यक्त गरेका छन् ।

‘विभेदकारी संविधान जारी भएको दिन ओलि एन्ड कम्पनीले दिवाली र मधेसी जनताले शोक मनाएको, कालो दिवस मनाएको दिन तपाईंहरुले बिर्सनु भए होला, तर मधेसी जनतालाई सबै याद छ ।’ सरार्फले भनेका छन्– ‘मधेस आन्दोलनमा ओलीजीले नरसंहार गर्दा ‘दुई–चार वटा आँप खस्दैमा केहि हुन्न’, मानव साङ्लोलाई माखे साङ्लो भन्ने ओलीजीको बोली तपाईंहरुले बिर्सनु भएहोला, तर मधेसी जनतालाई सबै याद छ ।

उनले अगाडी थपेका छन् ‘सताब्दीयौ देखी मधेसी र उत्पीडितलाई गुलाम बनाई राख्ने, उपनिवेश लादीरहने मधेस बिरोधि पार्टी र खासगरी ओलीजीलाई फुलको माला लगाउदा तपाईहरुको हात कापेन तर यस्ता दलबदलु गद्दारहरुलाई मत हाल्न जनताको हात अवस्य काम्ने छ ।

नेता सरार्फले मधेसवादी दल छाडेर एमाले प्रवेश गरेका नेताहरुप्रती ईंगित गर्दै भनेका छन ‘अधिकार तथा पहिचानको लडाइँको महान यात्राबाट तपाईंहरु छनिक स्वार्थको कारण बिचलित हुनु भयो, बाटो बिराउनु भयो त्यसको लागी सहानुभूति छ । तर यो यात्रा अनवरत अगाडि बढी रहन्छ, किन कि मधेसी र उत्पीडितको विभेदको मुद्दा केहि मुठी भर स्वार्थीं नेताको मोहताज छैन ।

 

     सम्भार : नेपाली पब्लिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here