जनकपुरधाम १९ चैत ।। जनकपुर जयनगर रेल आजदेखि नियमित संचालनको लागि नवदुल्ही झै सजाइएको छ । बहुप्रतिक्षित जनकपुर जयनगर रेल आज (शनिबार)देखि गुड्ने भएको छ । आज भारतको नयाँ दिल्ली स्थित हदराबाद भवनबाट दुई देशका प्रधानमन्त्री संयुक्त रुपमा जनकपुर जयनगर रेल्वेको समुदघाटन गर्ने कार्यक्रम छ ।

उदघाटन पश्चात आजदेखि नियमित जनकपुर जयनगर रेल यात्रुसहित सञ्चालनमा आउन लागेको हो । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधाधनमन्त्री नरेन्द्र मोदीले १२ बजेर २० मिनेटमा संयुक्त रुपमा भर्चुअल मार्फत बटन थिचेर तथा झण्डा हल्लाएर रेलको समुदघाटन गर्ने छन् ।

रेल समुदघाटनको लागि जयनगर स्टेशन र जनकपुरधाम स्टेशनमा प्रोजेक्टरका साथै, मञ्च र पण्डाललले सजाइएको छ ।उदघाटनका लागि सम्पूर्ण तयारी पूरा भएको महाप्रवन्धक झाले बताए ।

उदघाटनको बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिनेछन् । द्वय प्रधानमन्त्रीले झण्डा हल्लाएपछि रेल गुड्ने छ । विद्यार्थीहरुले पनि झण्डा हल्लाउने छन् ।

जयनगरबाट जनकपुरको लागि रेल गुड्ने रेलछ । यो रेल प्रत्येक स्टेशनमा केहि केहि बेर रोकिँदै जनकपुर रेल्वे स्टेशन आइपुग्ने छ । जनकपुर रेल्वे स्टेशनमा भौतीक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवसहित गण्यमान्य व्यक्तित्व यहाँबाट रेल चढेर कुर्था स्टेशनसम्म पुग्ने छिन् ।

फर्किने बेला फेरि जनकपुरधाम स्टेशनमा मन्त्री यादव ओर्लिने र त्यहाँ केहीबेरको कार्यक्रमपश्चात रेल जयनगर फर्किने छ। जनकपुरधाम स्टेशनमा विशेष कार्यक्रम राखिएको छ । आज उदघाटनको अवसरमा यात्रुले निःशुल्क रेल चढ्न पाउने छन् ।

आजदेखि जनकपुरधामको कुर्था–जयनगरसम्म ३५ किलोमिटरमा रेल सेवा यिनमित संचालन हुने छ । जनकपुरधामबाट जयनगरका लागि समान्य टिकट रु ७० र एसीकोच तर्फ ३ सय ७० भाडा निर्धारण गरिएको छ ।

लामो समय पश्चात रेल्वे चल्ने भएपछि स्थानीयबासी खुसी भएका छन् ।

२०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो । २०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here