काठमाण्डौ, २७ भदौ ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणको कार्यालयले विमानस्थलमा बाहिर देखिने गरी खादा, माला नल्याउन आग्रह गरेको हो । खादा, मालाका कारण विमानस्थलका सुरक्षा जाँच उपकरण बिग्रिएको भन्दै कार्यालयले यस्तो आग्रह गरेको हो ।

यात्रुले लगाएको खादा, मालाले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्‍याइरहेको कार्यालयले जनाएको छ । यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन कार्यालयले आग्रह गरेको हो ।

खादा, माला विमानस्थलका विभिन्न भागमा छाडेर जानाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने कार्यालयले निकालेको सूचनामा उल्लेख छ । कार्यालयले खादा, माला आफैँसँग लैजानै परे झोलाभित्र नदेखिने गरी राख्न पनि भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here