न्युज डेस्क २३ जेठ ।। मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०।०८१ मा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत साइकल र ल्यापटप वितरण गर्ने भएको छ ।

बेटी पढाउ, बेटी बचाउ रोकिएका कार्यक्रमलाई निरन्तरता दिई पुन मधेश प्रदेश सरकारले आर्थिक बजेट २०८०/०८१ मा जिड दिएका छन् ।

बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिँदै कक्षा ८ का छात्रालाई साईकल वितरणका लागि विद्यालयलाई नै अनुदान दिने र कक्षा १२ का छोरीलाई कम्प्युटर शिक्षमा आकर्षण गर्न ल्यापटप वितरण गरिने नीति तथा कार्यक्रममा जोड दिएको छ ।

मंगलबार मधेश प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here