रौतहट २९ जेठ ।। रौतहटको गरुडा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा हेमराज फुँयाल हाजिर भएका छन् । यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत भुदेव झा नगरपालिकामा समय नदिएको कारणले गरुडा नगरपालिकाको कार्यालय प्रमुखमा ईलाका प्रशासन कार्यालय चन्द्रपुरमा कार्यरत शाखा अधिकृत फुँयाल हाजिर भएका छन् । गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल तथा उप–प्रमुख पुनम चौधरी सहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा सोमबार फुँयाल हाजिर भएका छन् ।

विगत ६ वर्षदेखि ईलाका प्रशासन कार्यालय चन्द्रपुरमा शाखा अधिकृतको रुपमा काम गर्दै आएका हेमराज फुँयाल सोमबार देखि गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । प्रशासकीय अधिकृत फुँयाल यसअघि जिल्ला बिकास समिति रौतहटको योजाना अधिकृत भएर काम गरिसकेका छन भने रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका हाल ईलाका प्रशासन कार्यालय चन्द्रपुरमा शाखा अधिकृतको रुपमा कार्यरत रहेका थिए । नगरपालिकामा हाजिर भएका प्रशासकीय अधिकृत फुँयाललाई नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल, उप–प्रमुख पुनम चौधरी सहित वडा अध्यक्ष र कर्मचारीहरु माला,टिका र खादा ओढाएर भव्य स्वागत गरेका थिए । २०७९ साल बैशाखमा स्थानीय तहको दोश्रो पटकको निर्वाचन भएदेखि हालसम्म गरी पटक पटक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरबदल हुँदै आएको छ । यस अघि नगरपालिकाका अधिकृत भुदेव झा दुई वटा नगरपालिका सम्हाल्दै आएका थिए । अधिकृत झा ईशनाथ नगरपालिकामा पुर्ण समय दिदैँ आईरहेको थियो तर गरुडा नगरपालिकामा समय नदिएका कारण नगरपालिकाका विकास निर्माण देखि लिएर अन्य कामकाज प्रभावित हुँदै आएको थियो तर सोमबार प्रशासकीय अधिकृत फुँयाल कार्यालय प्रमुखको कार्यभार सम्हालेपछि गरुडामा अब विकास निर्माणको कार्य तीव्रता लिने अपेक्षा गरिएको छ ।कार्यालयमा हाजिर भएपछि तथा पदभार ग्रहणको क्रममा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं कार्यालय प्रमुख फुँयालले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी ढंगले सहजताका साथ प्रदान गर्ने बताएका छन् ।

आम नागरिकको सेवा प्रवाहमा कुनै झन्झट र समस्या आउन नदिने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाउँदै प्रशासकीय अधिकृत फुँयालले सबै पक्षलाई एकढिका बनाएर अगाडि बढ्ने बताउनु भयो । आफूले नगरलाई सुखी, समृद्ध र विकसित नगर बनाउने उद्देश्यका साथ नै नगरपालिकामा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको बताउँदै फुँयालले आफूले गर्ने हरेक काममा जनप्रतिनिधिहरुलाई सहयोग गर्न आग्रह गरे । जनप्रतिनिधिको साथ र सहयोग बिना कुनै पनि काम असम्भव रहेको धारणा राख्दै फुँयालले जनप्रतिनिधिको साथ पाए कुनै पनि काम असम्भ नहुने भएको हुँदा जनप्रनितिधिहरुलाई सहयोग गर्न आग्रह समेत गर्नु भएका थिए ।

कार्यक्रममा वडाअध्यक्षहरु ,शम्भु साह ,नेकपा एमालेको नेता शेख कलिमुल्लाह ,श्यामनन्दन सहनी ,शेख सन्ताज ,गरुडा नगरपालिकाको युवा नेता सैलेश जैसवाल बुद्धजिवि ,भद्रभलादमि ,पत्रकार ,प्रहरी प्रशासन लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here