काठमाडौं ०५ असार ।। आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा टस जितेर बलिङ्ग गरिरहेको नेपालले अमेरिकाको ४ खेलाडीलाई आउट गरेको छ । मंगलबार भइरहेको अमेरिकाविरुद्घको आफ्नो दोस्रो खेलमा नेपालले चौथो विकेट लिएको हो । अमेरिकाले १८ रनको कूल स्कोरमा चार विकेट गुमाएको हो ।

चारवटै विकेट करण केसीले नै लिए । करणले चौथो विकेटका रूपमा नस्थुस केन्जिगलाई आउट गराए । नस्थुस केन्जिग एक रनमै पेभेलियन फर्किए । उनलाई करणले आरिफ शेखमार्फत क्याच गराएका हुन् ।

करणले यसअघि अमेरिकाका कप्तान एरोन जोन्सलाई दुई रनमा पभेलियन फर्काए । करणले कुशल भुर्तेलमार्फत जोन्सलाई क्याच गराएका थिए । सुरुदेखि नै नेपाली बलरहरुको दबाबमा परेको अमेरिकाले आठौँ ओभरको पाँचौँ बलमा तेस्रो विकेट गुमाएको हो ।

यसअघिको दुवै विकेट पनि करण केसीले लिएका हुन् । उनले पहिले अमेरिकाका ओपनर ब्याट्सम्यान स्टिभन टेलरलाई चार रनमा एलबीडब्लू आउट गराए । त्यसलगत्तै उनले सैतेजा मुकामल्लालाई शून्य रनमै पभेलियन फर्काए ।

एकदिवसीय विश्वकपको छनोट खेल जिम्बाब्वेमा भइरहेको छ । नेपाल र अमेरिका दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाल पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाब्वेबाट आठ विकेटले पराजित भयो भने अमेरिका वेस्ट इन्डिजबाट पराजित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here